🔍 यात्रा वर्णन के हो?
आफूले गरेको यात्रालाई कथात्मक वा निबन्धात्मक शैलीमा लेखिएको रचना नै यात्रा वर्णन हो। यसलाई यात्रा निबन्ध वा यात्रा वृत्तान्त पनि भनिन्छ।
📋 यात्रा वर्णनको संरचना
| संरचनाका अंगहरू | विवरण |
|---|---|
| १. शीर्षक | यात्राको गन्तव्य वा मुख्य विषयवस्तुलाई जनाउने आकर्षक शीर्षक |
| २. प्रस्तावना | यात्राको उद्देश्य, समय, साथी र तयारी सम्बन्धी जानकारी |
| ३. यात्रा क्रम | यात्राका क्रममा देखेका दृश्य, घटना र अनुभवहरूको सिलसिलाबद्ध वर्णन |
| ४. स्थानीय विशेषता | सामाजिक, सांस्कृतिक, भौगोलिक र प्राकृतिक अवस्थाको वर्णन |
| ५. व्यक्तिगत अनुभव | रमाइला र नरमाइला दुवै प्रकारका अनुभवहरू |
| ६. उपसंहार | यात्राबाट प्राप्त सिक, अनुभूति र भावी योजना |
✨ यात्रा वर्णनका प्रमुख विशेषताहरू
●
यात्राका क्रममा आफूले देखेभोगेका विभिन्न दृश्य, घटना, अनुभव आदिलाई साहित्यिक शैलीमा वर्णन गरिन्छ।
●
यात्रामा देखेभोगेका विषयवस्तुलाई सिलसिलाबद्ध रूपमा टिपोट गरिन्छ।
●
यात्राका क्रममा भोगेका रमाइला र नरमाइला दुवैखाले अनुभवलाई जस्ताको तस्तै उतारिन्छ।
●
सम्बन्धित क्षेत्रको सामाजिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक अवस्थाको जानकारी दिएर विषयवस्तु प्रस्तुतीकरण गरिन्छ।
●
सामान्यतः यात्रा वर्णन भूतकालिक क्रियापदको प्रयोग गरी लेखिने भए पनि कहिलेकाहीँ यात्राको विषयवस्तु र सन्दर्भअनुसार वर्तमान कालका क्रियापदको प्रयोग गर्न पनि सकिन्छ।
●
यात्रा वर्णन आत्मपरक शैलीमा लेखी पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको छु भन्ने अनुभूति दिलाउने गरी तयार गरिनुपर्छ।